काठमाडौं- आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री ठगी गरेको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको टोलीले क्षेत्रीसहित तीन जनालाई पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार क्षेत्रीले ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गरेका हुन्। घटनाबारे थप विवरण संकलन भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए।
क्षेत्रीले नेपाल विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपैयाँ माग गरेको अख्तियारले जनाएको छ।
यसअघि ठूलो भूकम्प आउने अफवाह फैलाएको आरोपमा पनि क्षेत्री पक्राउ परेका थिए।
