मंगलबार, भदौ ९, २०८३

प्रहरी हिरासतबाट फरार युवक पक्राउ

कैलालीमा प्रहरी हिरासतबाट फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

धनगढी- कैलालीमा प्रहरी हिरासतबाट फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति खाना खाएर हात धुने क्रममा प्रहरीलाई कुटपिट गरी फरार भएका गणेशबहादुर ऐरलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले चुरे गाउँपालिका–६ को सिराडी ग्वासी माविको जंगलको खेतमा हिँडिरहेको अवस्थामा ऐरलाई पक्राउ गरेको जानकारी दिए।

आफ्नै हजुरआमा हत्या अभियोगमा कैलालीको इलाका प्रहरी कार्यालय, फल्टुडेको थुनामा रहेका ऐर ड्युटीमा रहेका प्रहरीलाई धकेलेर फरार भएका थिए।

ऐरको खोजीका लागि प्रहरी नायब उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा टोली खटिएको थियो।

प्रकाशित: Jul 10, 2020| 11:38 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।