काठमाडौं- सुनको मूल्य आज (शुक्रबार) प्रतितोला दुई सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९२ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला २०५ रुपैयाँ ९१ हजार ७६० रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्य ९८० रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
