मंगलबार, भदौ ९, २०८३

नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक पुनः ७ दिनलाई स्थगित गरिएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं- पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक पुनः ७ दिनलाई स्थगित गरिएको छ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सात दिनका लागि स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

बाढी, पहिरो लगायतका विपत्ति साथै सिन्धुपाल्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति भईसकेको स्थितिमा सम्पूर्ण पार्टी पंक्तीलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीका तर्फबाट निर्देशन दिंदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन्।

यसअघि असार २२ गते डाकिएको बैठक असार २४ गतेलाई सारिएको थियो। त्यसपछि पुनः असार २६ गतेका लागि सारियो। २६ गते पनि बैठक नबसी साउन २ गतेका लागि बैठक सारिएको हो।

१० असारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग हुँदै आएको छ ।

विवाद मिलाउन  अध्यक्षद्वय ओली र  पुष्पकमल दाहाल पटकपटक वार्तामा बसे पनि कुनै निष्कर्ष आइसकेको छैन ।

 

प्रकाशित: Jul 10, 2020| 09:57 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।