मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुमको आठबिसकोटमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु

रुकुमको आठबिसकोटमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीमा एकाबिहानै पहिराले घर पुर्दा सुतिराखेका आमा छोराको मृत्यु भएको छ ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

रुकुम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीमा एकाबिहानै पहिराेले घर पुर्दा सुतिराखेका आमा छोराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईको घर पहिरोले पुर्दा २८ वर्षकी सीता दमाई र उनका ६ वर्षीय छोरा हाविल परियारको मृत्यु भएको हो ।

घटनामा परि ८ वर्षीया हिरा परियार घाइते भएकि छिन । घटनास्थलमा नेपाल प्रहरी र स्थानीयबासीले उद्दार कार्य गरिरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Jul 10, 2020| 09:17 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।