मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डीएसपीसहित ८ भारतीय प्रहरीका हत्या आरोपी विकास दुबे इनकाउन्टरमा मारिए

डीएसपीसहित ८ भारतीय प्रहरीका हत्या आरोपी विकास दुबे इनकाउन्टरमा मारिए

भारतमा ८ जना प्रहरीको हत्या गरेका भनिएका गुण्डा नाइके विकास दुबे प्रहरीसँगको मुठभेडमा मारिएका छन्।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

भारतमा ८ जना प्रहरीको हत्या गरेका भनिएका गुण्डा नाइके विकास दुबे प्रहरीसँगको मुठभेडमा मारिएका छन्।

बीबीसीका अनुसार हिजो पक्राउ परेका दुबेलाई उज्जैनबाट कानपुर लगिँदै थियो। बीच बाटोमा दुबेलाई चढाइएको गाडी पल्टिन पुग्यो।

त्यसपछि उनले भाग्ने कोसिस गरे। त्यसक्रममा गोली चलाउँदा उनी मारिएको प्रहरीले दाबी गरेको छ।

भारतको कानपुरमा ८ जना सुरक्षाकर्मीको हत्या गरेको अभियोग लागेका विकास दुबे हिजो बिहीबार पक्राउ परेका थिए।

उनी मध्य प्रदेशको उज्जैनबाट पक्राउ परेका हुन्। 

गुण्डा समूहका नाइके दुबेमाथि कानपुरमा डीएसपीसहित ८ जना प्रहरीको हत्या गरेको अभियोग छ।

गएको शनिबार राति दुबेलाई पक्राउ गर्न उनको घरमा गएको प्रहरीमाथि दुबेको समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा एक जना डीएसपी, ३ जना सबइन्स्पेक्टर र ४ जना प्रहरी जवान मारिएका थिए।

प्रहरीको हत्या गरी दुबेको ग्याङ फरार भएको थियो।

केही वर्षअघि उत्तर प्रदेशमा एक राज्यमन्त्रीको हत्या गरेको आरोपमा पनि प्रहरीले उनको खोजी गरिरहेको थियो। हत्या, लुटपाट, अपहरणका मुद्दामा धेरै पटक पक्राउ परेका दुबै राजनीतिक संरक्षणका कारण बारम्बार रिहा हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

यसपटक उनी पक्राउ परेपछि धेरै उच्चअधिकारी र नेताहरुको पोल खुल्ने अपेक्षा गरिएकोमा उनी प्रहरीको इन्काउन्टरमा मारिएका छन्।

प्रकाशित: Jul 10, 2020| 08:59 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।