मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढी पहिरोले कहाँ कति क्षति ? कुन कुन क्षेत्र जोखिममा ?

बाढी पहिरोले कहाँ कति क्षति ? कुन कुन क्षेत्र जोखिममा ?

अविरल वर्षासँगै यतिखेर देशका धेरैजसो खोलाहरुमा आकस्मिक रुपमा पानीको बहाव बढेको छ भने पहाडी क्षेत्रका विभिन्न ठाउँमा पहिरो खस्न थालेको छ ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं- मनसुन सक्रिय भएसँगै परेको भारी वर्षाका कारण देशका अधिकांश नदीमा बाढी र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

अविरल वर्षासँगै यतिखेर देशका धेरैजसो खोलामा पानीको बहाव बढेको छ भने पहाडी क्षेत्रका विभिन्न ठाउँमा पहिरो खस्न थालेको छ। बिहीबार राति कास्कि, लमजुङ, म्याग्दी र रुकुम पश्चिममा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

पहिरोमा परेर पोखरा महानगरपालिका–१८ सराङकोटमा ३ र पोखरा–१८ छोरेपाटन सिमलटुँडामा १ जनाको मृत्यु भएको छ ।

लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान पहिरोले पुरिदा सात जना बेपत्ता भएका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीमा शुक्रबार बिहान पहिराेले घर पुर्दा सुतिराखेका आमा छोराको मृत्यु भएको छ ।

यसअघि बुधबार मध्यराति बाढीसँगै पहिरो जाँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ मा २ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । यस्तै भोटेकोशी गाउँपालिका ५ मा ४ जना बेपत्ता भएका छन् ।

आज (शुक्रबार)देखि आइतबारसम्म बाढी र पहिरो खतरा उच्च रहेको गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती र नारायणी नदी तथा तिनका सहायक नदीमा पानीको बहाव बढ्ने बढ्ने र केहीमा पानीको सतह खतारको तहसम्म पुग्न सक्नेछ।

बिहिबार कन्काई, कमला र बागमतीका केहि स–साना सहायक नदी लगायत प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ को सप्तरी, सिराहा, धनुषा, महोत्तरी,सर्लाही र आसपास जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बहाव देखिएको छ।

यस्तै गृहमन्त्रालय अन्तर्गतको प्राधिकरणले भारतीय सीमा आसपास भारी वर्षाको पूर्वानुमान गरिएकाले डुबान भइरहने होचा स्थान र नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै कास्की, लमजुङ, पर्वत, बागलुङ, पाल्पा, स्याङ्जा, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा भारी वर्षा भएकाले पहिरोको जोखिम रहेको भन्दै प्राधिकरणले सजग हुन भनेको छ ।

यस्तै, काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, बारा, पर्सालगायतका जिल्लाका विभिन्न क्षेत्र डुवानको खतरामा रहेकाले सर्तक हुन भनिएको छ ।

प्रकाशित: Jul 10, 2020| 08:45 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।