मंगलबार, भदौ ९, २०८३

विश्वभर कोरोना संक्रमितको संख्या सवा करोड पुग्यो

तिब्र रुपमा फैलिएको कोरोना भाइरसले लकडाउन खुकुलाे भएसँगै झनै भयावह रुप लिएको छ । अहिलेसम्मको सबै रेकर्ड तोड्दै बिहीबार एकै दिनमा २ लाख २२ हजार ८ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

विभिन्न देशमा लकडाउन खुकुलो भएसँगै कोरोना भाइरसले झनै भयावह रुप लिएको छ।

अहिलेसम्मको सबै रेकर्ड तोड्दै बिहीबार एकै दिनमा २ लाख २२ हजार ८ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

विश्वभर एकै दिनमा यति ठूलो संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो। यसअघि जुलाई ३ अर्थात् असार १९ गते २ लाख १३ हजार ७ सय ७८ जना संक्रमित थपिएका थिए । असार २४ गते २ लाख १३ हजार ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको थियो ।

दिनहुँ रेकर्ड तोड्ने गरी संक्रमित थपिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचआ)ले चिन्ता व्यक्त गरेको छ।

विश्वका अधिकांश देशले लकडाउन खुकुलो बनाएको, डब्लुएचओले दिएको गाइडलाइन पालना नगरेको, सामाजिक दूरीमा ध्यान नदिएको लगायत कारण कोरोनाको संक्रमण झनै भयावह भएको डब्लुएचओको ठहर छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट शुक्रबार बिहानसम्ममा विश्वभर १ करोड २२ लाख २९ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । ५ लाख ५४ हजार २ सय २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ४ सय ४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा ६१ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ भने ९ सय ६० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४२ हजार ९ सय ७ जना संक्रमित थपिँदा १ हजार १ सय ९९ जनाको मृत्यु भएको छ । भारतमा बिहीबार एकै दिनमा २५ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ७९ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट अति प्रभावित मुलुकको चौथो सूचीमा रहेको रुसमा ६ हजार ५ सय ९ जना संक्रमित थपिदा १ सय ७६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा १३ हजार ६ सय ७४, मेक्सिकोमा ६ हजार ९ सय ९५, कोलम्बियामा ५ ३ सय ३५, अर्जेन्टिामा ३ हजार ६ सय ६३, पेरुमा ३ हजार ५ सय ३७, बंगलादेशमा ३ हजार ३ सय ६०, पाकिस्तानमा ३ हजार ३ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा १०८ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट १६ हजार ५ सय ३१ जना संक्रमित भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 10, 2020| 07:39 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।