सोमबार, असार २९, २०८३

म्यानचेस्टर युनाइटेडलाई लेस्टर र चेल्सीको दबाब

एजेन्सी– म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा एस्टोन भिल्लालाई ३–० गोल अन्तरले हराएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

एजेन्सी– म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा एस्टोन भिल्लालाई ३–० गोल अन्तरले हराएको छ।

भिल्ला पार्क रंशालामा सम्पन्न खेलमा युनाइटेडको जितका लागि मेसोन ग्रिनउड र पउल पोग्बाले गोल गर्दा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गरे।

खेलको २७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै फर्नान्डेले क्लबलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा मार्टियलको पासलाई ग्रिनउडले गोलमा परिणत गर्दै अग्रतालाई दोब्बर बनाए।

पहिलो हाफ सकिँदा पाहुना टोली दुई गोलको अग्रतामा रह्यो। दोस्रो हाफमा पनि पोग्बाले गोलस्कोर गर्दै गोलको अन्तर बढाए। पोग्बाले खेलको ५८ औं मिनेटमा फर्नान्डेसकोे पासलाई गोलमा परिणत गरे। उनको गोलसँगै युनाइटेडले ३–० गोलअन्तरको जित निकाल्यो।

जिससहित युनाइटेड अंकतालिकाको पाँचौ स्थानमा छ। ऊ ५८ अंकका साथ पाँचौ स्थानमा रहँदा लेस्टर सिटी ५९ अंकका साथ चौथो र चेल्सी ६० अंकका साथ तेस्रो स्थानमा छ। ईपीएलमा शीर्ष ४ मा पर्न सके मात्र अर्को वर्षका च्याम्पियन्स लिगमा सहभागी बन्न पाउँछ।

यसकारण लिगमा शीर्ष चारको प्रतिस्पर्धा पेचिलो बनेको छ।

गएराति सम्पन्न अर्को खेलमा टोटेनहमले घरेलु टिम बर्नेमाउथसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको छ। त्यस्तै एभरर्टोनले आफ्नै मैदानमा साउथह्याम्टनसँग एक–एक गोलको बराबरी खेलेको छ।

ईपीइलअन्तर्गत आज कुनै खेल छैनन। भोलिको खेलमा वाटफोर्ड र न्युक्यासल, नर्विच सिटी र वेस्ट हाम, लिभरपुल र बर्नलीका साथै शेफिल्ड युनाइटेड र चेल्सीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Jul 10, 2020| 07:30 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।