मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक यातायातमा पनि सामाजिक दूरी र मास्क अनिवार्य, यात्रुले खुद्रा पैसा बोक्नुपर्ने

सार्वजनिक यातायातमा पनि सामाजिक दूरी र मास्क अनिवार्य, यात्रुले खुद्रा पैसा बोक्नुपर्ने

सरकारले सार्वजनिक यातायात खुला गर्ने निर्णय गर्दै त्यसका लागि केही मापदण्ड बनाएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धी नयाँ निर्देशिका ल्याएको हो।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

सरकारले सार्वजनिक यातायात खुला गर्ने निर्णय गर्दै त्यसका लागि केही मापदण्ड बनाएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धी नयाँ निर्देशिका ल्याएको हो।

सो निर्देशिका अनुसार आज शुक्रबारदेखि सञ्चालनमा आउने सवारीसाधनले स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउनुपर्नेछ।

निर्देशिकाअनुसार बस चलाउनु अघि अनिवार्य रूपमा स्यानिटाइज गर्नुपर्छ। सार्वजनिक यातायातमा चढ्ने यात्रुले अनिवार्य रूपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ।

मास्क प्रयोग नगरेका यात्रुलाई सवारीसाधन चढ्न दिइने छैन। कहाँबाट कहाँसम्म यात्रा गर्ने हो, त्यसका लागि तिर्नुपर्ने भाडाको रकम यात्रुले खुद्रा बोकेर हिँड्नुपर्नेछ। खुद्रा नबोक्नेसँग सहचालकले टिकट लेनदेन गर्ने छैनन्। बसमा भाडा लिनका लागि एउटा बक्स राख्नुपर्नेछ। यात्रुले उक्त बक्समा भाडाको रकम राखिदिनुपर्छ।

त्यसैगरी चालक बस्ने ठाउँलाई खुल्ला राख्न पाइने छैन। प्लाष्टिक वा अन्य वस्तुले बार्नुपर्नेछ। चालक र यात्रुका बीचमा कुनै सम्पर्क नहोस् भनेर चालक बस्ने ठाउँलाई सिल गर्न लागिएको हो। बस चढ्ने यात्रुले पनि सामाजिक दूरी कायम गर्नु पर्नेछ।

बसमा एउटा सिट छाडेर मात्रै बस्न पाइन्छ। सवारीसाधनले सिट क्षमताभन्दा आधामात्रै यात्रु चढाउन पाउनेछन्। उभिएर यात्रा गर्न पाइने छैन।

केही समयका लागि सार्वजनिक यातायात चढ्दा उपभोक्ताले भाडा ५० प्रतिशत बढी तिर्नुपर्ने भएको छ। कोरोना संक्रमणपछि प्रतिबन्ध लगाएको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गर्दै भाडा ५० प्रतिशत बढी लिन पाउने व्यवस्था गरेको हो।

सवारी साधनमा सीटको आधामात्रै यात्रु राख्नुपर्ने भएकाले सरकारले बढी भाडा लिन छुट दिएको हो।

अब चढ्ने वित्तिकै उपभोक्ताले २२ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ। यसअघि यस्तो भाडा १५ रुपैयाँ थियो। सरकारले तत्कालका लागि जिल्लाभित्र मात्रै सार्वजनिक यातायात खुला गरेको छ। काठमाडौं, भक्तपुर र ललितपुरलाई भने एकै जिल्ला मानिनेछ।

अब ट्याक्सी चलाउन पनि खुला गरिएको छ। ट्याक्सीले भने बढी भाडा लिन पाउने छैनन्।

ट्याक्सीमा चालक बाहेक २ जना यात्रु राख्न पाइनेछ। सार्वजनिक सवारीसाधनका लागि जोरविजोर लगाइएको छैन। निजीमा भने यो व्यवस्था कायमै रहनेछ।

प्रकाशित: Jul 10, 2020| 06:38 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।