कैलाली– कैलालीको अत्तरियामा रहेको आईएमईमा चोरी भएको छ । गोदावरी नगरपालिकास्थित अत्तरिया–महेन्द्रनगर रोडमा रहेको आईएमई सेन्टरबाट ६ लाख चोरी भएको हो ।
पसलको पछाडीबाट ढोका फोडेर चोरी भएको आईएमई अत्तरिया शाखाका संचालक तनुज जोशीले बताए। काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतीको रिचार्ज चोरी भएको संचालक जोशीले बताए।
चोरीमा संग्लन व्यक्ति सिसीटिभीमा देखिएका छन् । चोरीमा संग्लन ब्यक्तीको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
