पोखरा- गण्डकी प्रदेशमा बिहीबारसम्म १९,०३३ जनाको नमुना परीक्षण गर्दा १,१४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
तीमध्ये १५० महिला र ९९९ जना महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा परीक्षण गरिएकामध्ये १७,७६३ को नतिजा नेगेटिभ आएको छ। १२१ जनाको भने नतिजा आउन बाँकी छ।
नवलपरासी पूर्वमा २६१ जना संक्रमित भएकामा १०४ जना निको भएर घर फर्किएका छन्। यस्तै १५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नवलपरासी पूर्वमा ४,०७७ को नमुना संकलन गरिएको थियो। तीमध्ये ३,७९६ जनाको नतिजा नेगेटिभ आएको छ।
बाग्लुङमा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या २११ पुगेको छ। तीमध्ये १६७ जनाले कोरोना जितेका छन् भने ४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। बाग्लुङमा २,१३३ को नमुना संकलन गरी परीक्षण गरिएको थियो। तीमध्ये १९०६ को नतिजा नेगेटिभ आएको छ।
निर्देशनालयका अनुसार स्याङ्जामा १८५ जना संक्रमितमध्ये १०१ जना डिस्चार्ज भएका छन्। यस्तै ८४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्याङ्जामा ३,८६३ को नमुना संकलन गरिएकामा ३,६५५ को नतिजा नगेटिभ आएको छ।
तनहुँमा बिहीबारसम्म १४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये १०० जनाले कोरोना जितेका छन् भने ४१ जनाको उपचार भइरहेको छ। जिल्लामा हालसम्म १,३९३ जनाको मात्र नमुना संकलन गरिएको छ। तीमध्ये १,२४८ को नतिजा नेगेटिभ छ।
गोरखामा १,८२४ को नमुना संकलन गरी परीक्षण गरिएकोमा ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ५३ जना कोरोनामुक्त भएका छन्। बाँकी ४२ जना आइसोलेसनमा छन्। यस्तै १,७०६ को नतिजा नेगेटिभ आएको निर्देशनालयले जनाएको छ।
पर्वतमा ९० जनामा कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये २८ जना डिस्चार्ज भएका छन्। ६२ जना आइसोलेसनमा छन्। जिल्लामा बिहीबारसम्म १,०८५ जनाको नमुना संकलन भएको छ। तीमध्ये ९९० जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ।
कास्कीमा ८० जनामा संक्रमण भएकामा ४८ जनाले कोरोना जितेका छन् भने ३२ जना उपचाररत छन्। कास्कीमा २,७२३ नमुना संकलन गरी परीक्षण गरिएकोमा २,६२८ जनाको नतिजा नेगेटिभ आएको छ।
म्याग्दीमा ९७३ जनामा परीक्षण गर्दा कोरोना संक्रमित हुनेको संख्या २२ देखिएको छ। १० जना डिस्चार्ज भएका छन् भने १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। परीक्षण गरिएकामध्ये ९४३ को नतिजा नेगेटिभ आएको छ।
लम्जुङमा ६२ जना कोरोना संक्रमितमध्ये २० जनालाई निको भएको छ । ४२ जना उपचाररत छन्। जिल्लामा ८६५ जनाको नमुना संकलन गरिएको थियो। ७९९ जनाको कोरोना भाइरस नतिजा नेगेटिभ आएको छ।
मुस्ताङ र मनाङमा एकएक जनामा कोरोना भाइरस देखिएकोमा दुवै जनालाई निको भएको छ। मुस्ताङमा ५४ जनाको नमुना संकलन गरिएको थियो। यस्तै मनाङमा४० जनाको नमुना संकलन गरिएको थियो।
