मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकमा बाढी : मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत

सिन्धुपाल्चोकमा बाढी : मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल एक लाख रुपैयाँ राहत दिने भएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल एक लाख रुपैयाँ राहत दिने भएको छ।

यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए।

बाढीबाट विस्थापित भएकालाई मध्यभोटेकोसी जलविद्युत् आयोजनाको आवास गृहमा राखिएको छ। यस्तै केहीलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको छ।

प्रकाशित: Jul 10, 2020| 05:56 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।