मंगलबार, भदौ ९, २०८३

काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या १९५

सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या १९५ पुगेको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं- बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा कोरोना भाइरस संक्रमण फैलिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या १९५ पुगेको छ।

बिहीबार थप १२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौंमा ५, चितवनमा ४, नुवाकोट र सिन्धुपाल्चोकमा एक एक जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसहित बागमतीमा कोरोना भाइरस संक्रमितको संख्या ७१८ पुगेको छ।

२३९ जनाले कोरोना भाइरस जितेका छन् भने ४४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै ६ जनाको मृत्यु भएको छ।
काठमाडौंमा सबैभन्दा धेरै १९५ जनामा संक्रमण भएको छ भने सबैभन्दा थोरै दोलखामा ९ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

कुन जिल्लामा कति संक्रमित?

काठमाडौं : १९५
ललितपुर : ५६
भक्तपुर : ४३
रसुवा : १०
नुवाकोट : २९
धादिङ : १२५
चितवन : ९८
सिन्धुली : १८
मकवानपुर : ३०
रामेछाप : ३२
दोलखा : ९
काभ्रे : १२
सिन्धुपाल्चोक : ६१

प्रकाशित: Jul 10, 2020| 05:56 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।