मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १०८ दिनपछि सार्वजनिक यातायात सुचारु हुँदै, यस्ता छन् स्वास्थ्य मापदण्ड

१०८ दिनपछि सार्वजनिक यातायात सुचारु हुँदै, यस्ता छन् स्वास्थ्य मापदण्ड

सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याउन दिने भएको छ। कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै गत चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक सवारी साधन आंशिक रुपमा सञ्चालन गर्न दिने निर्णय भएको हो।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याउन दिने भएको छ। कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै गत चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक सवारी साधन आंशिक रुपमा सञ्चालन गर्न दिने निर्णय भएको हो।

यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी साधन चल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।
कोरोनाको सङ्क्रमण हुने जोखिमलाई न्यून गर्दै सम्पूर्ण सुरक्षाका मापदण्ड पूरा गरेर सवारी साधनमा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न दिइने भएको छ। काठमाडौँ उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न सक्नेछन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्नुपर्ने भएकाले केही दिन लाग्नसक्ने तर ट्याक्सीका हकमा भने तत्कालैबाट चल्नसक्ने जानकारी दिए।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ २८ गते र असार १५ गतेको निर्णयानुसार सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएको आदेशमा केही हेरफेर गरिएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए। सोही व्यवस्थाबमोजिम काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभर मात्र सञ्चालन हुने यात्रुवाहक सवारी साधनका हकमा सो व्यवस्था लागू हुनेछ।

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन सञ्चालन हुन सक्नेछ। निजी सवारी साधनमा चालकबाहेक थप दुई जनासम्म र परिवारभित्रका पाँच वर्षसम्मका बालबालिका मात्र सवार हुने र जोर–बिजोर प्रणाली भने कायम रहनेछ। जोर–बिजोर प्रणाली मोटर साइकलका हकमा समेत लागू हुनेछ।

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाका हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुवाहक सवारी सार्वजनिक यातायात सञ्चालन हुन पाउनेछन् । सरकारको निर्णयानुसार चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रु रहन पाउनेछन् ।

यस्तै एक पङ्क्तिको सिटमा सामाजिक दूरी कायम हुनेगरी एक जनामात्रै राख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । यस्तै चालक तथा सहचालकले समेत अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसङ्क्रमण गराउनुपर्नेछ ।

सरकारले तोकेअनुसार आगामी साउन ६ गतेसम्मका लागि मात्रै ट्याक्सीबाहेक अन्य सवारी साधनका हकमा तोकिएको भाडा दरको ५० प्रतशितसम्म थप भाडा लिन पाइनेछ ।

यस्तै उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनले पनि सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्नेछ । सबै यात्रु्ले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने तथा सवारी साधनलाई दैनिक निसङ्क्रमण गराउनु पर्नेछ ।

यातायात व्यवसायीले लकडाउनका कारण आफूहरु मर्कामा परेको भन्दै तत्काल सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन माग गर्दै आएका थिए । कास्कीमा त बैंक तथा वित्तीय संस्थाले किस्ता तिर्न ताकेता गरेको भन्दै सवारी साधनको चाबी नै बुझाएका थिए । यस्तै ट्याक्सी चालक तथा व्यवसायीले पनि आफूहरु मारमा परेको भन्दै आफ्नो सवारी साधन सञ्चालन गर्न माग गर्दै आएका थिए।

प्रकाशित: Jul 09, 2020| 20:35 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।