मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यपहाडी लोकमार्गका इन्जिनियरको अबैध कमाइ सवा दुई करोड

मध्यपहाडी लोकमार्गका इन्जिनियरको अबैध कमाइ सवा दुई करोड

मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिभिजन ईन्जिनियर जितेन्द्र राज शाक्यले सवा दुई करोड अवैध आर्जन गरेको खुलेको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

काठमाडौं- मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिभिजन ईन्जिनियर जितेन्द्र राज शाक्यले सवा दुई करोड अवैध आर्जन गरेको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट शाक्यले जागिर अवधिमा दुई करोड २५ लाख चार हजार रुपैयाँ अवैधरुपमा आर्जन गरेको खुलेको हो।

शाक्यले १०५ वटा नक्कली कोटेशन बनाई पाँच करोड भन्दा बढी हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा जागिर अवधिमा कमाएको तीन करोड ८१ लाख १० हजार ४९० रुपैयाँमध्ये एक करोड ५६ लाख ६ हजार ४८० रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ।

शाक्यले अबैध रुपमा आर्जन गरेको सम्पत्ति आफूलगायत पत्नी मिथिला शाक्यका नाममा जग्गा खरिद तथा बैंक वित्तीय संस्थाहरूमा नगद जम्मा गरेको खुलेको छ।

साथै उनले छोरीहरूको विदेश तथा स्वदेशमा अध्ययनमा खर्च, शेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दति खाता खोली रकम जम्मा गरेको एवम् बैंकका बचत खाताहरुमा रकम रहेको खुलेको छ।

पत्नी मिथिलालाई समेत प्रतिवादी बनाएर अख्तियारले शाक्यविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित: Jul 09, 2020| 18:16 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।