मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच करोडमा बुद्ध धर्मग्रन्थ बेच्न लागेका ६ जना पक्राउ

पाँच करोडमा बुद्ध धर्मग्रन्थ बेच्न लागेका ६ जना पक्राउ

तिब्वती भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोड रुपैयाँमा बिक्री गर्ने तयारीमा रहेका ६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

काठमाडौं- तिब्वती भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोड रुपैयाँमा बिक्री गर्ने तयारीमा रहेका ६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय अपराध महाशाकाको संयुक्त टोलीले आफै ग्राहक बनेर चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डाबाट ६ जनालाई पक्राउ गरेको हो।

थानकोट बृत्तका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रेय, काभ्रेको पाँचखाल नगरपालिका–३ का ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–१ का ३१ वर्षीय सुवासकुमार बस्नेत र ओखलढुंगा सुनकोशी गाउँपालिका–२ का ३३ वर्षीय हरिबहादुर लामिछाने छन्।

यस्तै काठमाडौंको तारकेश्वर नगरपालिका–११ का ६४ वर्षीय राजेन्द्रबहादुर जोशी र नुवाकोटको ककनी गाउँपालिका–८ का ३४ वर्षीय रोशन तामाङ छन्।

‘महंगो मूल्यमा ग्रन्थ बिक्री हुँदैछ भन्ने सूचनाका आधारमा करिब दुई हप्तादेखि प्रहरीले अनुसन्धान थालेको थियो’ डीएसपी श्रेष्ठले भने।

श्रेष्ठका अनुसार उनीहरुबाट सुनौला अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थका १६ वटा पाना बरामद भएको छ।
बुद्धको मन्त्र भन्दै महंगो मूल्यमा बिक्री गर्ने योजना उनीहरुको रहेको प्रहरीले जनाएको छ। उक्त ग्रन्थ परीक्षणका लागि पुरातत्व विभागमा पठाइने श्रेष्ठले जानकारी दिए।

पक्राउ परेकाहरुलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अन्र्तगत मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Jul 09, 2020| 17:15 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।