शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कर्णाली : बेसीमा रासायनिक मलको हाहाकार, पहाडमा अर्गानिक अभियानले हाइसन्चो

कर्णाली : बेसीमा रासायनिक मलको हाहाकार, पहाडमा अर्गानिक अभियानले हाइसन्चो

गाउँघरमा गाईबस्तुको अर्गानिक मल प्रयोग गर्छौं। कहिल्यै पनि बजारबाट मल किन्नुपरेको छैन।
 |  बिहीबार, असार २५, २०७७

देव राना

देव राना

बिहीबार, असार २५, २०७७

सुर्खेत – अर्गानिक जिल्ला घोषणा गरिएपछि जुम्लामा रासायनिक मल प्रयोगमा प्रतिबन्ध लगाइएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार तीन वर्षदेखि जुम्लामा रासयनिक मलको माग छैन।

National life

सुर्खेतको सिम्ता गाउँपालिकामा पनि रासायनिक मलको माग हुँदैन। एक वर्षदेखि सिम्तालाई गाउँपालिकाले नै अर्गानिक क्षेत्र बनाउने अभियान चलाएको हो।

गाउँपालिकालाई अर्गानिक पकेट क्षेत्र बनाउने अभियानअन्तर्गत विषादीरहित उत्पादन र अर्गानिक मल प्रयोग गर्न प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष कवीन्द्रकुमार केसी बताउँछन्।

‘सीमित क्षेत्रमा मात्रै रासायनिक मल प्रयोग हुन्छ’, केसीले भने, ‘सिम्ताका ९५ प्रतिशत किसानले प्रांगाारिक मल प्रयोग गर्छन्।’

जाजरकोटका भेरी नरपालिका– ९ भुरमा कहिल्लै मल अभाव छैन। जाजरकोटकै बेसी क्षेत्रमा रासायनिक मल अभाव भयो। तर भुरबान्नीको समुदायलाई केही असर परेन।

Laxmi sunrise bank
kumari

‘समयमै पानी पर्यो, धान र मकै हुर्किसके’, भुरका स्थानीय दिनेश ओलीले भने, ‘गाउँघरमा गाईबस्तुको अर्गानिक मल प्रयोग गर्छौं। कहिल्यै पनि बजारबाट मल किन्नुपरेको छैन।’ जाजरकोटका अधिकांश स्थानीयलाई मल अभाव हुँदैन।

कर्णालीका बेसी क्षेत्रमा मात्रै रसायनिक मलको प्रयोग हुँदै आएको छ। जुम्ला, हुम्ला, मुगु, जाजरकोट जस्ता पहाडी क्षेत्रमा भने अर्गानिक मलकै प्रयोग गरिँदै आएको छ।

प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायका अनुसार पहाडी क्षेत्रमा कहिल्लै रासायनिक मलको माग हुँदैन।

प्रदेशभर अर्गानिक अभियान चलाइएपछि तर सल्यान, सुर्खेत, रुकुमपश्चिमका बेसी क्षेत्रमा भने अहिले पनि मलको आहाकार छ ।
किसानले युरिया मल पाएका छैनन्।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख टोपाराम गौतमका अनसार कर्णालीमा युरिया मल अभाव छ।

‘लकडाउनका कारण हिजोआज कम्पनीसँगै एक किलो पनि मल छैन’, कार्यालय प्रमुख गौतमले भने, ‘युरिया मल लिन दैनिक १५/२० जना कृष र कृषि सहकारीका प्रतिनिधि आउँछन्, तर मल छैन।’

अबको १०/१५ दिनमै युरिया मल प्रयोग हुने समय आए पनि मल आपूर्ति गर्न नसक्ने उनको भनाइ छ। युरिया मल रोपाइँ सकिएपछि प्रयोग गर्ने गरिन्छ। मागअनुसार आपूर्ति हुन नसक्दा हरेक वर्ष मल अभावको भोग्नु परेको उनको भनाइ छ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमका अनुसार सुर्खेत र दैलेखमा वार्षिक तीन हजार टन रासायनिक मल आपूर्ति हुन्छ। अघिल्ला वर्षहरुमा जेनतेन आपूर्ति गर्दै आएको कम्पनीको डिपो हिजोआज रित्तै छ।

अर्गानिक मल उत्पादनमा पहल नगरे मल अभावकै कारण उत्पादन घट्न सक्ने उनी बताउँछिन्।

प्रकाशित: Jul 09, 2020| 17:10 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्