शुक्रबार, भदौ १२, २०८३

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

 |  शनिबार, भदौ १४, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १४, २०८२

दाङ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ।

उपचारका क्रममा काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन सेन्टरमा शनिबार उनको निधन भएको एमाले पोलिटब्युरो सदस्य तथा रुकुमपूर्व इन्चार्ज खेममान खड्काले जानकारी दिए।

पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो।

अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो। पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो। उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन्।

प्रकाशित: Aug 30, 2025| 21:22 शनिबार, भदौ १४, २०८२
प्रतिक्रिया दिनुहोस्