मंगलबार, भदौ ९, २०८३

सार्वजनिक यातायात खुला गर्ने सरकारको निर्णय

सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

काठमाडाैं- सरकारले भाेलिदेखि सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ।

केही मापदण्ड राखेर आंशिक रुपमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

 असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै उनले काठमाडौं उपत्यकाभित्रका तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको जानकारी दिए। अन्य जिल्लामा भने सम्बन्धित जिल्लामा मात्र सवारीसाधन चलाउन पाइनेछ।

सार्वजनिक सवारीमा ५० प्रतिशत सिटमा मात्र यात्रु राख्न पाउने, चालक, सहचालक तथा सबै यात्रुले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने, सवारीसाधन दैनिक निःसंक्रमण गर्नुपर्ने लगायत मापदण्ड सरकारले तोकेको छ।

५० प्रतिशत सिटमा मात्र यात्रु राख्न पाउने भएकाले ५० प्रतिशत बढी भाडा उठाउन पाउने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित: Jul 09, 2020| 17:06 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।