मंगलबार, भदौ ९, २०८३

हजुरआमा हत्याका अभियुक्त प्रहरीलाई धकेलेर फरार

कैलालीमा हजुरआमाको हत्या अभियोगमा पक्राउ परेका एक युवक ड्युटीमा रहेका प्रहरीलाई नै धकेलेर फरार भएका छन्।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

कैलाली- कैलालीमा हजुरआमाको हत्या अभियोगमा पक्राउ परेका एक युवक ड्युटीमा रहेका प्रहरीलाई नै धकेलेर फरार भएका छन्। इलाका प्रहरी कार्यालय, फल्टुडेको थुनामा रहेका चुरे गाउँपालिका–६ का गणेशबहादुर ऐर बुधबार राति थुनुवा कक्षबाट नै फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराले राति ९ बजेको समयमा खाना खाएर हात धुने बेला प्रहरीलाई नै धकेलेर ऐर फरार भएको जानकारी दिए।

“खाना खाने बेला हत्कडी खोलेको मौका छोपेर ड्युटीमा रहेको प्रहरीलाई धकेलेर फरार भएछन्,” जबराले भने, “फरार भएलगत्तै भीरबाट हाम फालेकोले पक्राउ गर्न सकिएन।”

बुधबार रातिबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजबिन जारी राखे पनि ऐर फेला पर्न नसकेको जबराले बताए।

ऐरले ७५ वर्षीय अजुरआमा पार्वतीदेवीलाई २३ गते हत्या गरेका थिए। गत बुधबार नै पक्राउ परेका ऐरलाई एकरात फल्टुडेमा राखेर मुद्दा चलाउन बिहीबार नै धनगढी ल्याउने तयारी प्रहरीको थियो।

ऐरले २३ गते दिउँसो घरमा कोही नभएको मौका छोपी पार्वतीदेवीलाई फलामको रडले घाँटीमा प्रहार गरी घाइते बनाएर घर नजिकैको अरहरको झारीमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 09, 2020| 16:56 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।