काठमाडौं– कोरोना भाइरसबाट संक्रमित भएर उपचार गराई बिहीबारसम्म ७,८९१ जना डिस्चार्ज भएका छन्।
प्रदेश १ मा ५४३, प्रदेश २ मा २२३४ र बागमतीमा २८७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गण्डकी प्रदेशबाट ३५५, प्रदेश ५ बाट २२९६, कर्णाली प्रदेशबाट १,२३८ जना र सुदूरपश्चिमबाट ९३८ जनाले कोरोना भाइरस जितेका छन्।
आजसम्म प्रदेश १ मा १९६, प्रदेश २ मा २०२४ र बागमतीमा ४२९ जनाको उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार गण्डकीमा ८६२, प्रदेश ५ मा १७२७, कर्णालीमा ४०५ र सुदूरपश्चिम प्रदेशमा २९६२ जनाको उपचार भइरहेको छ।
