काठमाडौं- लकडाउनका कारण छाक टार्न समस्यामा परेका काठमाडौंका रिक्सा चालकको पीडाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन्।
व्यवसाय ठप्प हुँदा दैनिक गुजारा चलाउन समस्यामा परेका रिक्सा चालकहरुका पीडा बारे केही दिन अघि नेपाल समयमा समाचार प्रकाशित भएको थियो ।
“संचारमाध्यममा रिक्सा चालकका पीडा सुनेर राष्ट्रपतिज्यूको ध्यानाकर्षण भएको हो,” राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले नेपाल समयसँग भने, “सरकारले पनि कोही भोकै मर्दैन भनेको बेला कसरी यस्तो भयो, उनीहरूको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने उहाँको चासो छ।”
राष्ट्रपतिले चासो व्यक्त गरेपछि आफूले तत्कालै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालसँग कुरा गरेर रिक्सा चालकका न्यूनतम् आवश्यकता पूरा गर्न ताकेता गरेको अधिकारीले बताए।
राष्ट्रपतिको निर्देशनपछि महानगरले रिक्सा चालकलाई बोलाएर उनीहरुका समस्या समाधानबारे छलफल गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए।
दिनभरि रिक्सा चलाएर बिहान बेलुकाको छाक टार्ने रिक्सा चालकहरु लकडाउनले गर्दा करिव चार महिनादेखि बेरोजगार छन्। काठमाडौंमा करिव चार सयको संख्यामा रिक्सा छन्।
यात्रु पाइँदैनन्, खाली रिक्सा कति चलाउनु
