मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको दर घट्यो, बिहीबार १०८ जनामा पुष्टि

कोरोना संक्रमितको दर घट्यो, बिहीबार १०८ जनामा पुष्टि

नेपालमा कोरोना संक्रमितको दर घट्दै गएको छ। पछिल्ला दिनमा घट्दै गएको संक्रमण दर बिहीबार न्यून संख्यामा झरेको हो।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमितको दर घट्दै गएको छ। पछिल्ला दिनमा घट्दै गएको संक्रमण दर बिहीबार न्यून संख्यामा झरेको हो।

देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित हालसम्म देशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ५३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ५८८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशका विभिन्न क्वारेन्टिनमा २४ हजार ४२५ जना बसिरहेका छन् भने कोरोना संक्रमण पुष्टि भएर हाल ८ हजार ६०५ जना व्यक्ति विभिन्न ठाउँका आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन् भने हालसम्म ७ हजार ८९१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 09, 2020| 16:25 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।