आज (बिहीबार) काठमाडौंमा ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। आज भक्तपुर र ललितपुरमा भने एक जना पनि संक्रमित थपिएनन्।
पछिल्ला केही दिन काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको थियो।
पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको कुल संख्या १६ हजार ५३१ पुगेको छ।
हाल देशभरका क्वारेन्टिनमा २४ हजार ४२५ जना छन्। त्यसैगरी आइसोलेसनमा रहेका एक्टिभ केसको संख्या ८ हजार ६०५ छ।
अहिलेसम्म ७ हजार ८९१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
