मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यममा आएका समाचारप्रति पत्रकार महासंघको आपत्ति

प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यममा आएका समाचारप्रति पत्रकार महासंघको आपत्ति

भारतीय समाचारमाध्यमहरुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आएका भ्रामक समाचारप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

कामठाडौं- भारतीय समाचारमाध्यमहरुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आएका भ्रामक समाचारप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

चिनियाँ राजदूत होउ यान्छीले नेपालका प्रधानमन्त्रीसँग भेट गरेको कुरालाई भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ।’

साथै महासंघले भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहिरिन नदिन कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: Jul 09, 2020| 15:53 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।