मंगलबार, भदौ ९, २०८३

सरिता गिरी सांसदबाट पदमुक्त

संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट गरिएको निष्कासनको सूचना सार्वजनिक गरेको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट गरिएको निष्कासनको सूचना सार्वजनिक गरेको छ।

आज (बिहीबार) सूचना जारी गर्दै सचिवालयले पार्टीले गरेको कारबाही जानकारीका लागि प्रकाशन गरेको हो। पार्टीको पत्रअनुसार सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको सूचनामा उल्लेख छ।

गिरी समाजवादी पार्टीकी समानुपातिकतर्फकी सांसद हुन्। अघिल्लो महिना भएको संविधान संशोधन विधेयक सम्बन्धमा उनले पार्टी ह्विप उल्लंघन गरेपछि पार्टीले सांसद र साधारण सदस्यबाट निष्कासन गरेको थियो।

बुधबारमात्रै पार्टीका तर्फबाट संसद सचिवालयमा कारबाहीको पत्र बुझाइएको थियो।

प्रकाशित: Jul 09, 2020| 15:50 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।