धनगढी- सुदूरपश्चिममा प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
सेती प्रादेशिक अस्पतालले आज (बिहीबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार कैलालीमा आठ, अछाममा चार र बाजुरा तथा कञ्चनपुरमा दुई/दुई जनामा कोरोना पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिमको धनगढीस्थित प्रयोगशालामा कोरोना संक्रमित पुष्टि भएको संख्या एक हजार ३२ पुगेको छ। पछिल्लो २४ घन्टामा २५७ जनाको परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।
