नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको छ।
राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण बिडारीले यो जानकारी दिएका हुन्।
नेपालले केही समयअघि नयाँ नक्सा सार्वजनिक गरी त्यसअनुसार निशान छाप परिमार्जन गर्नका लागि संविधान संशोधनसमेत गरिसकेको छ। त्यसमा असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको हो।
भारतले पठाएको कूटनीतिक नोट असार १० गते नै परराष्ट मन्त्रालयमा आइपुगेको बताइएको छ। तर, मन्त्रालयले यसबारे औपचारिक रुपमा केही जानकारी दिएको भने छैन।
यसअघि भारतले कालापानीसहितको क्षेत्र समेटेर नक्सा जारी गर्दा नेपालले त्यसमा असहमति जनाउँदै भारतलाई कूटनीतिक नोट पठाएको थियो।
