मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ईसेवा मनी ट्रान्सफर र रेमिटली यूएसएबीच डिजिटल रेमिट्यान्स सम्झौता

ईसेवा मनी ट्रान्सफर र रेमिटली यूएसएबीच डिजिटल रेमिट्यान्स सम्झौता

 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

रेमिटली र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ ।

यो सेवा सुरु भएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले ईसेवा मनी ट्रान्सफरमा पैसा पठाउन सक्नेछन् ।
साथै रेमिटलीबाट सिधै ईसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिने कम्पनीले जनाएको छ ।

ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत् नेपालमा रेमिट्यान्स कारोबार गर्दै आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ईसेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स पठाउन सकिने सेवा दिइरहेको छ ।

ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले ईसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीका रुपमा स्थापना गर्नु मुख्य उद्देश्य रहेको बताए ।

प्रकाशित: Jul 09, 2020| 14:36 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्