कोरोना भाइरस संक्रमणका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना निको भएर फर्केका छन्। यो भाइरसबाट संक्रमित हुनेको संख्या भने विश्वभर १ करोड २१ लाख ७२ हजार १८१ छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४८ हजार ५५० व्यक्ति उपचाररत छन्। संक्रमितहरुमा ५८ हजार २८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना भाइरसका संक्रमित छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २६ लाख ७२ हजार ४४ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ ९८ हजार ६११ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ३७ लाख १ हजार १६५ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख ८० हजार ४६३ जनाको मृत्यु भएको छ।
युरोपमा २५ लाख १८ हजार ५०७ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९६ हजार ५० को मृत्यु भएको छ। एसियामा २७ लाख ४१ हजार ८०० जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ६५ हजार ५९२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ५ लाख २५ हजार ८९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २७० जनाको मृत्यु भएको छ। ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।
विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेको छ।