काठमाडौं- कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा दुई महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ।
नयाँ पुष्टि भएकामध्ये सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका १ महिला सहित ५ जना छन्।
त्यस्तै दैलेखको दुल्लु नगरपालिकामा एक ५४ वर्षीया महिला छन्। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ४ पुरुष र जाजरकोटको भेरी नगरपालिकाका १ पुरुष रहेका छन्।
यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५६१ पुगेको छ।
प्रदेशमा अहिलेसम्म १ हजार ३२१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्।
कोभिड अस्पताल र आइसोलेसनहरुमा २३४ जना छन्।

