मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर लिएर पुगे सभामुख

बाढीपहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर लिएर पुगे सभामुख

प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा बाढीपहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका छन्।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा बाढीपहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका छन्।

आज (बिहीबार) पटकपटकको प्रयासपछि हेलिकोप्टर लिएर गृह जिल्लाको बाह्रबिसे पुगेका हुन्। बाह्रबिसेमा बुधबार राती आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको छ।

आफ्नो क्षेत्रका बाढीपहिराेबाट प्रभावित नागरिकको उद्धार तथा प्रभावित क्षेत्रको अवलोकनका लागि सापकोट हेलिकोप्टरमार्फत् त्यहाँ पुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको हेलिकोप्टर मौसम खराबीका कारण धुलिखेलबाट फर्किएको थियो।

मौसम खुलेर गरिएको दोस्रो प्रयासपछि दिउँसो साढे १ बजे सभामुख सापकोटासहितको टोली बाह्रबिसे पुगेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जनाएका छन्।

बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढीपहिरोमा परी २० जना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको छ।

अविरल वर्षासँगै खागदल खोलामा आएको बाढीसँगै पहिरो खस्दा बाह्रबिसे नगरपालिका ५ जम्बोमा १६ जना बेपत्ता भएका छन्।
पक्कीसहित २० घर बगाउँदा ५ जना घाइते भएका छन्। सोही स्थानमा बाबुछोरीको शव भेटिएको छ।

२० वर्षका निकेश बस्नेत र उनका ३ वर्षीया छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले नेपाल समयलाई जानकारी दिए।

यस्तै भोटेकोसी गाउँपालिका ५ बुलकोटीमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन्। २ जना घाइते भएका छन्। बेपत्ताको खोजी कार्य तीव्र पारिएको डीएसपी काफ्लेले जानकारी दिए।

प्रकाशित: Jul 09, 2020| 13:45 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।