काठमाडौं– सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चारमाध्यमले नेपाल सरकार र प्रधानमन्त्रीका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको भन्दै त्यसलाई बन्द गर्न चेतावनी दिएका छन्।
उनले केहीबेर अघि ट्विट गर्दै भनेका छन्, ‘हद भयो। बकवास बन्द गर।’
नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले नेपालीको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षाको निम्ति सबै एक ढिक्का रहेको जनाएका छन्।
उनले भनेका छन्, ‘एक ढिक्का छौं। विदेशीको फुटाऊ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौं। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’
