मंगलबार, भदौ ९, २०८३

बर्दीमा दाग लगाए निर्मम कारबाही : नवनियुक्त आईजीपी

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले कानुनले तोकिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने विश्वास दिलाए।

गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित सामारोहमा दर्ज्यानी चिह्न ग्रहण गर्दै आईजीपी थापाले प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने बताए।

उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रह गरे। थापाले भने, “कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्मम रुपमा कारबाही गरिन्छ।”

उनले जीवनमै नसिकेको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले संक्रमण रोक्न सिक्दै अघि बढ्ने बताए। प्रहरी समायोजन सही निष्कर्षमा पुर्याउने समेत उनले प्रतिबद्धता जनाए।

महानिरीक्षक थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

समारोहमा गृहसचिव न्यौपानेले कानुनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे।

कानुन पालनामा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए। “संठनमा कुनै पनि गलत प्रवृत्ति देखियो भने निकालेर फालौँ, कुनै भनसुन चल्दैन, हरेक निर्णय कानुन र निष्पक्षतामा रहेर हुन्छ”, उनले भने।

यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण अवकाश लिएकाले सरकारले थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो।

प्रकाशित: Jul 09, 2020| 12:55 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।