मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीमा १,१४९ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ३८६ पुग्यो

गण्डकीमा १,१४९ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ३८६ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,१४९ पुगेको छ।
 |  बिहीबार, असार २५, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

vianetvianet

पोखरा- गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,१४९ पुगेको छ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २० जना संक्रमित भएका हुन्।

आज संक्रमित हुनेमा तनहुँका १, म्याग्दीका २, बागलुङका २, नवलपरासी पूर्वका ४, लमजुङका ५, गोरखाका २ र कास्कीका ४ जना छन्।

नवलपरासी पूर्वका सबै संक्रमितलाई आइसोलेसन कक्षमा राखिसकिएको छ भने अन्य जिल्लाका स‌ंक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ।

प्रकाशित: Jul 09, 2020| 12:40 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।