मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरको महालक्ष्मी नगरपालिकाको ३ वडा सिल, घर बाहिर निस्किन रोक

ललितपुरको महालक्ष्मी नगरपालिकाको ३ वडा सिल, घर बाहिर निस्किन रोक

कोरोना संक्रमित भेटिएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले तीनवटा वडा सिल गरेको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

ललितपुर- कोरोना संक्रमित भेटिएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले तीनवटा वडा सिल गरेको छ।

वडा नम्बर ८ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले ७ र ९ वडासमेत सिल गरेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए।

नगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर नस्किन पनि आग्रह गरेको छ। सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने जनाइएको छ।

खाद्यान्न पसल र व्यवसायमा कम्तीमा एक मिटर दूरी कायम गरेर बिहान ७ देखि ९ बजे सञ्चालन अनुमति दिइएको नगरपालिका प्रमुख श्रेष्ठले बताए।

नगरपालिकाको नियम उलंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम सम्बन्धित निकायबाट कारबाही गरिने उनले बताए।

प्रकाशित: Jul 09, 2020| 12:11 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।