मंगलबार, भदौ ९, २०८३

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक, तोलाको ९२,४००

पछिल्लो तीन दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम भएको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

काठमाडौं- पछिल्लो तीन दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला ९०० रुपैयाँ बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको छ। गत बुधबार (हिजो) यसको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम थियो।

सुनको मूल्य मंगलबारयता निरन्तर उकालो लागेको छ। गत सोमबार ९० हजार २०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ९० हजार ९०० रुपैयाँ तोकिएको थियो।

यसअघि यही असार १७ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो। उक्त दिन छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको थियो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ९६५ रुपैयाँ कायम भएको छ। यसअघि हिजो यसको मूल्य ९१ हजार ६० रुपैयाँ तोकिएको थियो। चाँदीको मूल्य पनि अहिलेसम्मकै सर्वाधिक प्रतितोला ९८० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: Jul 09, 2020| 11:17 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।