अछामको बयालपाटा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।
अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोेरोना देखिएकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले सूचना जारी गर्दै जानकारी दिएको छ ।
अछाममा ६०३ जनामा कोरोना भाइरसको संक्रमण यसअघि नै पुष्टि भइसकेको छ।
