मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • आइभरीकोस्टका प्रधानमन्त्रीको मन्त्रिपरिषद् बैठक लगत्तै मृत्यु

आइभरीकोस्टका प्रधानमन्त्रीको मन्त्रिपरिषद् बैठक लगत्तै मृत्यु

आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रिपरिषद बैठक सकिए लगत्तै मृत्यु भएको छ ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रीपरिषद बैठक सकिए लगत्तै मृत्यु भएको छ ।

मन्त्रिपरिषद् बैठक आब्हन गरेका उनको बैठक सकिए लगत्तै मृत्यु भएको बीबीसीले लेखेको छ ।

बैठक चलिरहदा उनले एक्कासी छाती दुखेको संकेत गरेका थिए । ६१ वर्षीए कोलावाली बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो ।

सन् २०१२ मा मुटु प्रत्यारोपण गरेका कोलाबाली केहि हप्ता अघिमात्रै फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरेर स्वदेश फकिएका थिए ।

प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

प्रकाशित: Jul 09, 2020| 08:39 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।