मंगलबार, भदौ ९, २०८३

नहरमा डुबेर किशोरीको मृत्यु, दाजु पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

कञ्चनपुर– कञ्चनपुरमा नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–१३ की १४ वर्षीया किशोरी नेहा सुनारको नहरमा डुबेर मृत्यु भएको हो । उनी हिजो बेलुका नहरमा डुबेर बेपत्ता भएकी थिइन् ।

‘नहरमा पानीको बहाव उच्च थियो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘पौडिने क्रममा डुबेर वेपत्ता भएकी हुन्, उनी आज मृत फेला परिन् ।’ बालिकाको शव फेला परेलगत्तै उनका ३४ वर्षिय दाजु भरत सुनारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

‘दाजुले कुटपिट गरी नालामा धकेलेको भन्ने सूचना आएको छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘घटनाको अनुसन्धानका लागि मृतकका दाजुलाई नियन्त्रणमा लिएका हौँ ।’

प्रकाशित: Jul 09, 2020| 08:21 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।