मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकमा मध्यराति भीषण बाढी र पहिरो : १८ जना बेपत्ता, २ जनाको शव भेटियो

सिन्धुपाल्चोकमा मध्यराति भीषण बाढी र पहिरो : १८ जना बेपत्ता, २ जनाको शव भेटियो

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा भीषण बाढीसँगै पहिरो जादा १८ जना बेपत्ता भएका छन् ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा भीषण बाढीसँगै पहिरो जादा १८ जना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै बुधबार राति खागदल खोलामा उर्लेर आएको बाढीसँगै माथिबाट पहिरो खस्दा १८ जना बेपत्ता भएको बाह्रबिसे नगरपालिका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए।

उनका अनुसार २ जनाको शव भेटिएको छ । मध्यराति सबै सुतेका बेलामा अकस्मात उर्लिएको बाढी र त्यो सँगै गएको पहिरोमा परेर २०÷२२ वटा घरमध्ये ३÷४ वटा बाहेक सबै बगाएको छ । घरमा सुतेका धेरैजसो बाढीमा बगेको मेयर शेर्पाले बताए ।

उनले भने अहिलेसम्म हामीले गने अनुसार १८ जना बेपत्ता भएको पाइएको छ । २ जनाको शव भेटिएको छ । बाँकी हामी पनि बुझ्दैछौ । बेपत्ताको खोजी र उद्धारको काम भैरहेको उनले बताए ।

प्रहरीको टोली केहिबेरअघि मात्रै घटनास्थलमा पुगेको छ । घटनाको विवरण संकलन गर्ने काम भइराखेकाले यति ने बेपत्ता भएका छन् भन्न सकिने अवस्था नभएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बाढीले त्यहाँको पक्की पुलसमेत बगाएको छ । जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

प्रकाशित: Jul 09, 2020| 08:07 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।