शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायतमा तीन महिनापछि रेष्टुरेन्ट खुल्दै, ग्राहकले ५० प्रतिशत छुट पाउने

बेलायतमा तीन महिनापछि रेष्टुरेन्ट खुल्दै, ग्राहकले ५० प्रतिशत छुट पाउने

बेलायतमा अगस्ट महिनामा रेष्टुरेन्टमा खाने मानिसहरूलाई ५० प्रतिशत छुट दिइने भएको छ। आतिथ्य क्षेत्रलाई रिभाइभ गर्ने सरकारको योजना अन्तर्गत यो व्यवस्था ल्याइएको बताइएको छ ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

बेलायतमा अगस्ट महिनामा रेष्टुरेन्टमा खाने मानिसहरूलाई ५० प्रतिशत छुट दिइने भएको छ। आतिथ्य क्षेत्रलाई रिभाइभ गर्ने सरकारको योजना अन्तर्गत यो व्यवस्था ल्याइएको बताइएको छ ।

National life

बीबीसीका अनुसार बेलायतका अर्थमन्त्री ऋषि सुनकले अगस्टमा यो छुटको फाइदा उठाउन सक्ने बताएका छन्। यो सुविधा देशभरका रेष्टुरेन्ट, क्याफे र पबले दिनेछन्।

कोरोना भाइरस महामारीको बीचमा अर्थमन्त्री ऋषि सुनकले देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने उपायका रूपमा छुटका रूपमा ‘इट आउट टु हेल्प आउट’ (छुट दिन सहयोग गर्ने) घोषणा गरेका हुन् ।

यो सम्झौता अनुसार यदि मानिसहरू सोमबारदेखि बुधबारसम्म रेष्टुरेन्टमा खाए भने उनीहरूले प्रतिव्यक्ति १० पाउन्ड डलर बचाउनेछन्। यो छुट मदिरामा भने लागू हुने छैन । सुनकले आतिथ्य र पर्यटनमा कर छुट गरेर २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको बताएका छन्। यो छुट ६ महिनासम्म लागू हुनेछ ।

बेलायतमा तीन महिनापछि शनिबारबाट रेष्टुरेन्टहरु खुल्दैछन्। अर्थमन्त्रीले रेष्टुरेन्टहरुको खाना सुरक्षित हुने विश्वास व्यक्त गरेका छन् । उनले घर बाहिर जाँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन्।

Laxmi sunrise bank
kumari

अर्थमन्त्री सुनकले रेष्टुरेन्ट, क्याफे र पब खोल्नुको कारण १.८ मिलियन कामदारलाई फर्काउनु रहेको बताएका छन्। बेलायतमा सरकारको यो योजनाको आलोचना पनि भइरहेको छ।

प्रकाशित: Jul 09, 2020| 07:17 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।