धनगढी– हजुरआमाको हत्या अभियोगमा कैलालीको चुरे गाउँपालिका–६ भावर बस्ने २३ वर्षिय गणेशबहादुर ऐर पक्राउ परेका छन्।
७५ वर्षीय हजुरआमा पार्वतीदेवी ऐरको हत्या अभियोगमा गणेशबहादुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।
घरमा कोही नभएको मौका पारेर असार २३ गते दिउँसो ३ बजे गणेशबहादुरले हजुरआमा पार्वतीदेवीको हत्या गरेको बिष्टले बताए।
प्रहरी टोली घटनास्थल पुग्दा हत्या गरी अरहर बारीमा अरहरको झारले छोपी राखेको अवस्थामा शव फेला परेको उनले जानकारी दिए। प्रहरीले गणेशबहादुरलाई उसैको घरमा फेला पारी पक्राउ गरेको छ।
अभियुक्तले अपराध स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
