मंगलबार, भदौ ९, २०८३

सामूहिक भोजमा सहभागी ३० जना बिरामी

पास्नी कार्यक्रमको सामूहिक भोज खाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङक स्थानीय बासिन्दा बिरामी परेका छन् ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

पास्नी कार्यक्रमको सामूहिक भोज खाएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङक स्थानीय बासिन्दा बिरामी परेका छन् ।

लफ्याङस्थित तित्रीबोटेका सुजन राईकी छोरीको बुधबार अपराह्न आयोजित पास्नीको भोजमा सहभागी ३० स्थानीय बासिन्दा भोज खाएको केही समयपछि बिरामी भएका हुन् ।

बिरामीलाई ट्रयाक्टर रिजर्भ गरेर उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको वडाध्यक्ष निर्मल राईले बताए। “भोज खाएको केही समयपछि बान्ता हुने, पेट दुख्ने, रिँगटा लाग्ने र ढल्ने लक्षण देखिएको छ,” उनले भने, “गम्भीर किसिमका २५ जनालाई उपचारका लागि अस्पताल पठाइएको हो ।”

भोज खाएर घर फर्किएका व्यक्तिसमेत बिरामी रहेको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुको पनि खोजी भइरहेको जनाइएको छ । स्थानीयवासीका अनुसार बिरामी हुनेमा अधिकांश बालबालिका छन् । उनीहरुले सामूहिक भोजमा पकाइएको मासुभातसँगै ट्याङ जुस सेवन गरेका थिए ।

भोजमा मादक पदार्थ (जाँडरक्सी) सेवन गर्ने व्यक्तिलाई भने केही नभएको स्थानीयबासीले बताएका छन् । उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाबाट आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताए।

भोजमा सहभागी स्थानीय बासिन्दा बिरामी हुनाको कारण पत्ता लाग्न बाँकी रहेको नगरप्रमुख रिजालको भनाइ छ ।

रासस

प्रकाशित: Jul 09, 2020| 06:12 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।