काठमाडौं- पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (बुधबार) छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै दुई घण्टा छलफल चलेको बताइएको छ। छलफलबारे थप जानकारी आउन बाँकी छ।
पार्टीको विवाद समाधानका लागि अध्यक्षद्वय निरन्तर छलफलमा जुटेका छन्।
विवाद समाधानकै लागि स्थायी समिति बैठक पनि स्थगित हुँदै आएको छ। पछिल्लो पटक आज बोलाइएको बैठक पनि असार २६ गतेसम्मको लागि सारिएको छ।
पार्टीका अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो।
प्रचण्ड माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेको छन् भने प्रधानमन्त्री ओली कुनै पनि हालतमा पद नछाड्ने अडानमा छन्।
