बैतडी– पेन्सन बुझ्न भारत गएका बैतडीका एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–८ त्रिपुराका ८३ वर्षीय धनसिंह रावल छन् ।
पेन्सन लिन भारतको झुलाघाटस्थित बैंकमा लाइनमा बसेको समयमा एक्कासी ढलेका रावलको उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासका रोगी रहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
मृतक रावलको कोरोना परीक्षणका लागि परिवारले नमानेपछि स्वाब संकलन नगरी शव परिवारको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । मृतक रावल भारतीय सेनाबाट सेवानिवृत्त भएको बताइएको छ ।
