सुर्खेत- सल्यानमा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कपुरकोट गाउपालिका वडा नम्बर ६ सिन्वाङका ७१ वर्षीय पूर्णबहादुर महतरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
डीएसपी ढकेन्द्र खतिवडाका अनुसार भुर खोलाले बगाउँदा महत्तराको मृत्यु भएको हो।
मृतक २३ गते सिन्हाङमै रहेको छोरीको घरबाट आफ्नो घर खोलामा बेपत्ता भएका थिए। स्थानीयले आज खोलामा शव देखेपछि प्रहरी खबर गरेका थिए।
अहिले मृतकको पोष्टमार्टमको लागि सल्यान जिल्ला अस्पतालमा ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ।
