मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार दिन वर्षकै धेरै पानी पर्ने, सतर्क रहन सरकारको अपिल

चार दिन वर्षकै धेरै पानी पर्ने, सतर्क रहन सरकारको अपिल

बिहीबारदेखि चार दिनसम्म प्रदेश १ देखि गण्डकी वर्षकै सबैभन्दा धेरै पानी पर्न सक्ने भएको भन्दै गृह मन्त्रालयले चनाखो रहन अपिल गरेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं– बिहीबारदेखि चार दिनसम्म प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा वर्षकै सबैभन्दा धेरै पानी पर्न सक्ने भन्दै गृह मन्त्रालयले चनाखो रहन अपिल गरेको छ।

पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदीमा बाढी आउन सक्ने सम्भावना रहेको मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार जनाएको छ।

प्राधिकरणद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘प्रदेश १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरूमा ठूलो बाढी आउन सक्ने भएकाले यस क्षेत्रका बासिन्दालाई सतर्क रहन विशेष आग्रह गर्दछौं।’

प्राधिकरणले झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट चितवन लगायतका जिल्लाका होचो ठाउँमा डुबानमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल, विकास साझेदारहरू, सरकारी एवम् गैरसरकारी तथा निजी क्षेत्र र विपत् व्यवस्थापनमा खटिने निकाय र सर्वसाधारणलाई उच्च सर्तक रहन प्राधिकरणले अपिल गरेको छ।

ठूला नदीनालामा आउने बाढीबारे जानकारुी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं. ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन केन्द्रको टोल फ्री नं. ११४९ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित: Jul 08, 2020| 17:16 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।