शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • वर्षेनी ३० लाख कुकुर काटिने कम्बोडियाको सिम रेपमा कुकुरको मासुमा प्रतिबन्ध

वर्षेनी ३० लाख कुकुर काटिने कम्बोडियाको सिम रेपमा कुकुरको मासुमा प्रतिबन्ध

कम्बोडियाको एक ठूलो पर्यटकीय सहरमा कुकुरको मासुमा प्रतिबन्ध लागेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं- कम्बोडियाको एक ठूलो पर्यटकीय सहरमा कुकुरको मासुमा प्रतिबन्ध लागेको छ। कम्बोडियाको पर्यटकीय सहर सिम रेपमा कुकुरको मासु खान र काट्न प्रतिबन्ध लगाइएको हो।

National life

उक्त सहरमा वार्षिक ३० लाख भन्दा बढी कुकुर काटेर मासुका लागि प्रयोग गर्ने गरिएको थियो।

कुकुरको मासुमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई पशु अधिकारकर्मीहरुले स्वागत गर्दै या निकै ठूलो विजय भएको बताएका छन्।

प्रोटिनको एउटा स्रोतका रुपमा रहेको कुकुरको मासु कम्बोडिया लगायतका विभिन्न एसियन मुलुकहरुमा प्रयोग हुँदै आएको छ। कम्बोडियाको सिम रेप सहर कुकुरको मासुका लागि प्रख्यात छ।

मंगलबार त्यहाँको प्रान्तीय कृषि विभागले कुकुरको मासु बिक्रि अराजक बन्दै गएको भन्दै प्रतिबन्धको घोषणा गरिदिएको हो।

Laxmi sunrise bank
kumari

कुकुरको मासु प्रयोगका साबधानी नअपनाइएको र यसले मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको भन्दै अधिकारीहरुले मासुमाथि नै प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्।

विभागले जारी गरेको विज्ञप्तिमा अब कुकुरलाई मासुका लागि समात्ने, काट्ने र बिक्रि गर्ने सबैलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

विभागका अनुसार अब प्रतिबन्धपछि यस्तो कारोबारमा संलग्नलाई ५ वर्ष जेलका साथै १७ सय देखि १२ हजार डलरसम्म जरिबाना हुनेछ।

त्यहाँ कुकुरको मासु अति नै न्यून मूल्यमा पाइने गरेको थियो। जसका कारण यसको तस्करी र प्रयोग बढिरहेको थियो। फरक फरक कुकुरको मासुलाई फरक परिकार बनाएर सामान्यदेखि ठूलो होटेल रेष्टुरेन्टहरुमा बिक्रि गर्ने गरिएको थियो।

कम्बोडिया निकै लोकप्रिय पर्यटकीय सहर हो त्यहाँ वर्षेनी ठूलो संख्यामा चिनियाँ तथा अन्य देशका पर्यटकहरु पुग्ने गरेका छन्।

Dogs are seen as a cheap source of protein in several Asian countries including Cambodia, with millions of canines forced into cramped cages and suffering from rabies

प्रकाशित: Jul 08, 2020| 16:55 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।